कतै पनि नियुक्ति पाएनौँ किनभने हामी पहाडे र झापाली परेनौँ

न त ऐन कानुन पल्टाइने न बिषय विज्ञता हेरिने । बस् झापाली भेट्यो कि नियुक्ति दिइहाल्यो ।

प्रधानमन्त्री ओलीको झापामोह बडो अनौठो छ । यस्तैमा जग हँसाउने गरी एउटा नियुक्ति भएको छ दुई साताअघिको क्याबिनेट बैठकबाट । प्रधानमन्त्री ओलीकै जोडबलमा अर्की झापालीले काठमाडौं उपत्यका विकास प्राधिकरणको जिम्मेवारी पाएकी छन् । उनी हुन जानुका ढकाल ।

पूर्वाधार र विकास विज्ञ नै हुन् । कान्तिपुरको भगिनी प्रकाशन नारीकै सिको गरी सौन्दर्यसम्बन्धी नवनारी मासिक पत्रिका चलाउँदै आएकी छन् । यसअघिका हाकिम भाइकाजी तिवारीले अवकाश पाएपछि सो ठाउँमा जानुकालाई लगिएको हो ।

तर उनको नियुक्तिमा धेरैले आश्चर्य मानेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐनको १७ नम्बर बुँदामा कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्था छ ।

नेपाल सरकारको विशिष्ठ श्रेणी वा सोभन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रको लब्ध प्रतिष्ठित व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रुपमा आयुक्त नियुक्ति गर्न सकिने कुरा त्यसमा उल्लेख छ । त्यसो त सञ्चारकर्म गरिरहेकी व्यक्तिले यति ठूलो जिम्मेवारी पाउनु आफैमा खुशीको बिषय हो ।

अघिल्लो क्याबिनेटले ११ राजदूत नियुक्ति सिफारिस गर्दा तीन जना झापालीले अवसर पाए-
प्राडा नारायण संग्रौला,युवराज कार्की र सुमित्रा भण्डारी ।

अलि अघि लोकसेवा आयोगमा माधव रेग्मी अध्यक्ष बनाइए । उनी झापा गौरादहकै,सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीका दाजु ।

यसवीच नियुक्ति पाउनेमा झापा निवासी राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडादेखि डेपुटी गभर्नर बमबहादुर मिश्र र डा. निलम तिमिल्सिना पनि हुन् । यी दुई झापालीले रास्ट्र बैंक ढाक्दा अर्थमन्त्रीका सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठजस्ता डेपुटीको लाइनमा रहेकाहरु पछि परे ।

झापाकै भएर होला प्रधानमन्त्री ओलीका प्रिय युवराज खतिवडाले आठौं पटक राजनीतिक नियुक्ति पाए र अन्तिममा अमेरिका पुगे । त्रिवि उपकुलपति धर्मकान्त बास्काेटा झापाली हुन् । राष्ट्रपति विद्या भण्डारीको निजी चिकित्सक हुँदै टियूको भीसी बनाइए ।

-राजकुमार राय,महोत्तरी

टिप्पणीहरू