कोरोनाको कहरमा सैनिक सक्रिय

कोरोनाको कहरमा सैनिक सक्रिय

कोरोना संक्रमणको दोस्रो लहरले मुलक आक्रान्त बनेको बेला सेनाले आफ्नो सबै सामर्थ्यको प्रयोग गरेको बताइएको छ । विशेषगरी पछिल्लो दिन सर्वत्र देखिएको अक्सिजन अभावलाई सहज बनाउन सेनाले भरमग्दुर प्रयास गरेको हो ।

उसले भनेको छ ‘अक्सिजन सहज बनाउन यातायात व्यवस्थापन गरिएको छ । सामान ढुवानीलाई पनि केही सहज गरिएको छ । त्यसैगरी अक्सिजन प्लान्ट निर्माणमा समेत विशेष योगदान पुर्याइएको छ ।’

सैन्य स्रोतका अनुसार रुपन्देहीमा यसबीच सेनाले तीन वटा अक्सिजन प्लाण्ट निर्माण गरिरहेको छ । काठमाडौंमा पनि दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । पनौती र थानकोटमा ती प्लान्ट स्थापना गरिएको बताइएको छ ।

त्यहाँबाट उत्पादन हुने अक्सिजन बिक्री वितरणको समन्वय भने स्वास्थ्य मन्त्रालयले गर्ने व्यवस्था मिलाइएको छ । सेनाले अक्सिजन सहज उपलब्धताको लागि आफ्ना ट्रक,स्काई ट्रक,एमआई १७ हेलिकप्टरको पूर्ण प्रयोग गरिएको जनाएको छ ।

विभिन्न ठाउँबाट खालि सिलिण्डरलाई अक्सिजन प्लान्टसम्म लैजाने र प्लान्टमा भरिएका सिलिण्डरलाई ठाउँ ठाउँका अस्पतालसम्म पुर्याउने काम अहिले सेनाले जोडतोडका साथ गरेको बताइन्छ ।

टिप्पणीहरू