ललितपुर शहरका ४ हजार बढीलाई दोस्रो डोज लाउने अवसर

ललितपुर शहरका ४ हजार बढीलाई दोस्रो डोज लाउने अवसर

भयावह बनेको कोरोना महामारीको लडाईंमा ललितपुर महानगरपालिकाले कुनै कसर बाँकी नराखेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभएको छ ।

भर्खर जनआस्थासँगको कुराकानीमा उहाँले महामारीमा महानगरले अक्सिजनलगायतका स्वास्थ्य सामाग्री अभाव हुन नदिएको र आगामी दिनमा समेत सहज रुपमा ती सामाग्री उपलब्ध गराइने बताउनुभयो ।

दोस्रो चरणको चिनियाँ भेरोसिल खोप बुधबारदेखि लगाउने तयारी गरिएको बताउँदै उहाँले पहिलो डोज लगाएका करिब ४ हजार ७ सय जनाभन्दा बढिमा दोस्रो डोज लगाइने बताउनुभयो । उहाँका अनुसार पहिलो डोज लगाएको खोप कार्ड लिएर आएकालाई मात्र खोप लगाइने छ । महानगरले यसअघि नै खोप केन्द्र निर्धारण गरिसकेको छ । महानगरका २९ वटै वडामा खोप केन्द्र तोकिएको छ । जसअनुसार वडा नं. १ को कुपण्डोल किरण भवन,२ को टीका विद्याश्रम मा.वि.,३ को आइडल मोडल स्कूल,४ को जावलाखेल पुरानो वडा कार्यालय,५ को महालक्ष्मी पार्टी भेन्यू,६ को यशोधरा बौद्ध मा.वि.,७ को नेपाल भाषा मंका खल:,८ को ललित विकास नमूना मा. वि,९ को ललितकल्याण आधारभूत मा. वि,१० को आधारभूत स्वास्थ्य केन्द्र,११ को हार्ट क्लिनिक,१२ को दरबार स्क्वायर ह:खा कोटी पाटी, १३ को ल्याण्डमार्क स्कूल,१४ को उमा महेश्वर सामुदायिक स्वास्थ्य केन्द्र र १५ को महेन्द्र आदर्श मा वि मा खोप केन्द्र तोकिएको छ ।

“महानगर कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगीको बैशाख ३० गते आमासहित संक्रमणका कारण ज्यान गएको छ ।”

यसैगरी वडा नं.१६ को नागबहाल स्वास्थ्य क्लिनिक,१७ को प्रभात मा.वि,१८ को बालकुमारी आधारभूत विद्यालय,१९ को मछिन्द्रबहाल,२० को ख्वायबहिल, २१ को युवा प्रतिभा मन्दिर मा.वि, २२ को बुँगमती स्वास्थ्य चौकी,२३ को वडा कार्यालय भवन,२४ को तीनकुने वडा भवन,२५ को वडा कार्यालयसँगैको स्वास्थ्य चौकी, २६ को सुनाकोठी मोतीविनायक स्कुल,२७ को सुनाकोठी स्वास्थ्य चौकी,२८ को हरिसिध्दि स्कूल तथा २९ को मातृशिशु स्वास्थ्य क्लिनिक रहेका छन् ।

महानगरमा पहिलो डोजको खोप चैत २५ गतेदेखि बैशाख १२ गतेसम्म लगाइएको अर्यालले बताउनुभयो । महामारी भयावह बन्दै गएकाले उहाँले सबैलाई सचेत रहन आग्रहसमेत गर्नुभएको छ ।

उहाँका अनुसार महानगर कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगीको बैशाख ३० गते आमासहित संक्रमणका कारण ज्यान गएको छ ।

महामारी रोकथामको जिम्मा सरकारले स्थानीय तहलाई दिएकाले महानगरका दुई स्थानमा चार जना चिकित्सक, अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको पनि उहाँले बताउनुभयो ।

टिप्पणीहरू