तत्काल अक्सिजन र खोपको मागसहित रिट

तत्काल अक्सिजन र खोपको मागसहित रिट

अस्पतालहरुमा तत्काल अक्सिजन र कोरोनाविरुद्ध खोपको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सर्वोच्च अदालतमा दायर उक्त रिटमा नागरिकलाई कोभिड उपचारको स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन सबै अस्पतालहरुलाई थप जिम्मेवार बनाउनसमेत रिटमा माग गरिएको छ ।

अधिवक्ता किर्तीनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई विपक्षी बनाउँदै रिट दायर गरिएको हो ।

‘अक्सिजनको आपूर्ति अत्याधिक कम भएकोले बढी भन्दा बढी आपूर्ति गर्ने व्यवस्था मिलाई स्वास्थ्य प्रोटोकल पूर्णतः अवलम्वन नगरिएकोले सोको अवलम्वन गर्न लगाई क्वारेन्टाइन, होम आइसोलेसन वार्डको थप व्यवस्थापन गरी नागरिकलाई स्वास्थ्य जस्तो संवेदनशिल सेवाबाट वञ्चित नगरी पाउँ,’ अधिवक्ता शर्माको माग छ ।

हालसम्म केवल २५ लाख नेपालीले मात्र खोप लगाएको दाबीसहित बाँकीलाई तत्काल खोपको व्यवस्थापन गर्नसमेत आदेशको माग थरिएको छ । अस्पतालहरुमा अक्सिजनसहितको वेडको आपूपर्ति गर्न लगाई तत्काल स्वास्थ्य उपचार र बाँच्न पाउने हक ग्यरेन्टी गर्न सरकारको नाममा आदेशको माग छ ।

टिप्पणीहरू