एक बृध्द र बेवारिशे लाश

एक बृध्द र बेवारिशे लाश

 उदयपुरको कटारी नगरपालिका – २ गुराँसेस्थित हरियो पार्कमा पहिचान नखुलेका एक बृद्ध मृत फेला परेका छन् ।

उदयपुर र सिन्धुलीको सीमावर्ती क्षेत्रमा उनको लास भेटिएको र स्थानीयले पहिचान गर्न नसकेको अवस्था हो ।

कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम थापाका अनुसार गाेठालाहरूले शव देखेपछि खबर गरेका थिए ।

गाउँलेले पहिचान नखुलेकाले शवको फोटो समाचार र सामाजिक सञ्जालमा राखेर मृतकको सनाखत गर्न अनुरोध गरी प्रहरीलाई सहयोगको निम्ति अपिल गरेका छन् ।

उमेर अन्दाजी ६०-६५ वर्ष र दारी फुलेकाे देखिन्छ । प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएकाे छ ।

टिप्पणीहरू