कोरोनाको कारण वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन

कोरोनाको कारण वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन

कोरोनाको कारण नेपाली चलचित्रका पुराना निर्देशक चेतन कार्कीको निधन भएको छ ।

नेपाली चलचित्रका सफल निर्देशक,लेखक,गीतकार तथा साहित्यकार चेतन कार्कीको आज बिहान १० बजे संक्रमणका कारण निधन भएको हो । ८४ वर्षका उहाँलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

कार्कीले विश्वास,पहिलो प्रेम, मनको आँखा,भूमरीलगायतका सफल चलचित्र निर्देशन गर्नुभएको थियो । उहाँले एक सयभन्दा बढी चलचित्रमा कथासमेत लेख्नुभएको छ । उहाँले ‘परिवर्तन’ देखि चलचित्रका कथा लेखन शुरु गर्नुभएको थियो ।

टिप्पणीहरू