महेश बस्नेत र पार्वत गुरुङ्गमाथि कैँची,‘बा’ को नजिक हुन छोराछोरीबीच लडाईं

महेश बस्नेत र पार्वत गुरुङ्गमाथि कैँची,‘बा’ को नजिक हुन छोराछोरीबीच लडाईं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बा भन्दै नजिकिने क्रममा धेरै जनाले एकले अर्कोलाई छिर्के लगाएको पाइन्छ । अहिले त्यो भूमिकामा सबैभन्दा बढी पूर्वमन्त्री महेश बस्नेतलाई पूर्वमन्त्री गोकुल बाँस्कोटाले क्रस गरिदिएको भन्न थालिएको छ ।

त्यसैगरी सक्दाखेरि गोकुलको जिम्मेवारीलाई महेशले पनि क्रस गर्न बाँकी राखेका छैनन् । पछिल्लो पटक एमालेको निर्णय र जारी गरिएको अपानिमा देखिएको भिन्नताबाट उक्त अर्थ लगाउन थालिएको हो ।

अपानिमै निर्णय सच्चिएर खेलकुद मन्त्री दावालाई इन्चार्ज दिइएपछि सबै अचम्भित बनेका हुन् ।

एमाले केन्द्रीय कार्यालय स्रोत भन्छ,‘महेश र मन्त्री पार्वत गुरुङको फराकिलो पार्टी जिम्मेवारीमा अंकुश लगाइदिनेमा अरु नभएर उनै पूर्वमन्त्री गोकुल हुन् ।’

पहिले युवा संघमा बस्नेतसँग टिक्न नसकेपछि निक्लिएकाहरूले खेलकुद महासंघ निर्माण गरेका छन् । शुरुमा त्यो महासंघको इञ्चार्जसीप बस्नेतलाई नै दिइएको थियो ।

“त्यस्तो पनि हुन्छ ? कदापि मान्न सकिन्न । कसैलाई खातै खात,कसैलाई भने पुुर्पुरोमा हात ?’

तर,बाँस्कोटाले ‘त्यो पनि उनैलाई दिने कुरो अलि मिलेन’ भनेर धुलिखेलका मेयर अशोक ब्यान्जुहरुसामु गुनासो पोखेको केही दिनपछि अपानिमै निर्णय सच्चिएर खेलकुद मन्त्री दावालाई इन्चार्ज दिइएपछि सबै अचम्भित बनेका हुन् ।

अहिलेका सञ्चारमन्त्री पार्वत गुरुङलाई दोलखाको इञ्चार्जसहित भूतपूर्व सैनिक र प्रहरी संगठनको समेत जिम्मेवारी दिइएको थियो । सँगसँगै गाउँपालिका महासंघको इञ्चार्ज पनि दिइएपछि त्यसैगरी बालुवाटारमा उनै पूर्व सञ्चार मन्त्रीले सुनाएका थिए ‘त्यस्तो पनि हुन्छ ? कदापि मान्न सकिन्न । कसैलाई खातै खात,कसैलाई भने पुुर्पुरोमा हात ?’

नभन्दै अपानि सार्वजनिक हुँदा गाउँपालिका महासंघको इञ्चार्ज र भूपू सुरक्षाकर्मीहरुको जिम्मेवारी अरु कोही नभएर उनी आफैँले पाएको लेखिएर आयो ।

स्रोत भन्छ ‘बा’ भन्नेहरूबीच जति प्रतिस्पर्धा भएपनि विभिन्न चाल चल्ने क्रममा बाले उनीहरूलाई नै विभिन्न भूमिका दिँदा चुपचाप खटिने गरेका छन् ।

किनभने बस्नेतहरूको देन प्रधानमन्त्रीको इच्छाअनुसार ‘बा संस्कृति’ र ‘जय जयकारसहित देशैभरको यात्रामा एस्कर्टिङ्ग,साँसद इधर उधरमा देखियो ।

अखिलमा माधव ढुङ्गेल र युवा संघमा महेश बस्नेत आएपछि त्यसबाटै बा राम्रोसँग स्थापित हुनुभएको उनीहरूको निश्कर्ष छ ।

गोकुलले भने बालुवाटार र बालकोटको ‘मुन्सी’ पक्षलाई बढी ध्यान दिने गरेको अर्को समूहको आरोप छ । सबैभन्दा रमाइलो पक्षचाँहि बाँस्कोटा र बस्नेत दुबै नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उठ्दा पराजित भएका हुन् ।

राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेलको पारिवारिक श्रोत भन्छ ‘मध्यावधि चुनाव हुने भएमा बाले गोकुललाई मन्त्री बनाइदिने सम्भावना छ ।”

टिप्पणीहरू