एमालेमा राजीनामा तत्काललाई टरेको भनेको के हो ?

एमालेमा राजीनामा तत्काललाई टरेको भनेको के हो ?

आज राती सँसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त हुने एमाले अध्यक्ष केपी ओलीले भाेलि सम्विधानको धारा ७६ (३) बमाेजिम शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिने र जेठ १५ मा बजेट ल्याएपछाडि प्रतिनिधिसभाबाट विश्वासकाे मत लिने योजना बनेको छ ।

त्यसअघि नै पार्टीभित्र बिश्वासको वातावरण सिर्जना गरी दुबैतर्फबाट पाँच पाँच सदस्य सम्मिलित कार्यदलले दिएको सिफारिसका आधारमा साँगठानिक जिम्मेवारी मिलाइसक्ने समझदारी छ । वरिष्ठ नेता माधवकुमार नेपालले वार्ताबाट निस्केपछि दिनुभएको प्रतिक्रियामा हाललाई राजीनामाको कुरा टरेको,सरेको प्रसङ्ग निक्लिएको छ ।

यो भनेको के हो ? नेपाल निकट श्रोतका अनुसार,आज राति प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको नेताले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । त्यो काम एक महिनाभित्र फत्ये गर्दासम्म पनि पार्टीको विवाद नमिलेमा फेरि अविश्वास सिर्जना हुन जान्छ ।

काङ्ग्रेस,माओवादी र जसपाको एक खेमा नेपाल समूह बालुवाटारसङ्ग सहमतिमा गएको कारण तत्काललाई बैकल्पिक सरकार गठनको दावीबाट पछि हटेको हो । उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गर्ने संबैधानिक हक उपयोग गरिसकेको अवस्था छैन ।

नेपालको कम्युनिस्ट आन्दोलन लामो समयदेखि जुट र फुटबाट गुज्रदै आएको छ । अनेक नामका विवादले झन्डै दुई तिहाइबाट यो सरकारलाई अल्पमतमा झारिसकेको छ । यसलाई बेलैमा बुझ्न र चिर्न सकिएन भने कोरोना महामारीको रोकथाम मात्र हैन आफ्ना कार्यकर्ता,देश,पार्टी र जनताको उत्थान पनि अधोगतितिर जाने वाम आन्दोलनका समर्थक र शुभेच्छुकहरुको चिन्ता छ ।

टिप्पणीहरू