देउवाको सरकार बन्न गाह्रो भो

देउवाको सरकार बन्न गाह्रो भो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना लगभग बन्द भएको छ ।

झण्डै पौने पाँच बजेसम्म हात्तिगौंडाभन्दा माथिको चपली हाइटमा क्याप्टेन रामेश्वर थापाको घरमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताको पछिल्लो जानकारीअनुसार नेपाल समूह राजीनामाबाट पछि हटेको बुझिएको छ ।

उता,जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जना सांसदलाई लिएर भक्तपुरस्थित एउटा रिसोर्टमा बसेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना लगभग टुंगिएको हो ।

अब आजै रातिदेखि प्रधानमन्त्री केपी ओली ठूलो दलको संसदीय दलको नेताको नाताले पुनः प्रधानमन्त्री बन्ने अवस्था स्पष्ट हुँदै गएको छ ।

यता,विपक्षीहरुले धारा ७६ (२) बमोजिम सरकार बनाउन नसक्ने भएपछि केही समयपश्चात् धारा ७६ (५) बमोजिमको सरकार गठनको निम्ति पहल गर्नसक्ने छन् । तर,रात रह्यो अग्राख पलायो भनेझैँ त्यो सम्भावना पनि दक्षिणले छेक्नसक्ने स्रोतको दाबी छ ।

टिप्पणीहरू