ओली-माधव फोनवार्ता, आजै भेट हुने

स्थायी समितिबाट वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसँग फोनवार्ता गर्नुभएको छ ।

एकछिनमा खाना खाएर उहाँ माधव नेपाललाई बीचमा कतै भेट्न बालुवाटारबाट निस्कने तयारी छ । कारबाही फिर्तापछि सबै नेता सम्मिलित स्थायी कमिटी बैठक राख्न अध्यक्ष सहमत हुनुभएको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बर्खास्त गरिएको निर्णय के गर्ने भन्ने टुंगो भने लागेकाे छैन । जिल्ला जिल्लामा हटाइएका निर्वाचित अध्यक्ष र पदाधिकारीहरुका बारेमा पनि निधो हुन बाँकी नै छ ।

टिप्पणीहरू