सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तु र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–१०, बनगवास्थित सडकमा लु.५८प ७०२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही सुद्धोधन गाउँपालिका–५ बस्ने ३२ वर्षीय हेमराज थारुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, कैलालीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित सडकमा ना.४ ख ८९४० नम्बरको ट्रकले से.५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–९ बल्मी बस्ने ३५ वर्षीय मीनबहादुर ठगुन्नाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाईते उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू