चीनले पठायो हावाबाट अक्सिजन तान्ने नयाँ मेशिन

चीनले पठायो हावाबाट अक्सिजन तान्ने नयाँ मेशिन

नेपालमा बढ्दो कोरोना संक्रमणलाई रोकथाम गर्न र नेपाली जनताको स्वास्थ्य उपचारमा सघाउन मित्रराष्ट्र चीनले अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

चीनको राजधानी बेइजिङ पुगेर नेपाल वायुसेवा निगमको विमानले हिजो दिउँसो ४ सय थान अक्सिजन सिलिण्डर,१ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर मेशिन र १० थान भेण्टिलेटर काठमाडौं ल्याएको हो ।

समानुपातिक वितरण गर्ने भनिए पनि ती सामान क-कसलाई कति दिने भन्ने निधो नभएर आजसम्म वितरण गरिएको छैन ।

अक्सिजन कन्सन्ट्रेटर मेशिनलाई अन गरेपछि हावामा रहेको अक्सिजन तानेर बिरामीलाई सोझै उपलब्ध गराउन सकिन्छ ।

विद्युतमा तार जोडेपछि मेशिनले नजिकैको हावामा रहेको अक्सिजन तानेर मेशिनमा शुद्धता गर्ने र तत्काल बिरामीले प्रयोग गर्न मिल्ने हो । तर,यो मेशिनको प्रयोग सिकिस्त बिरामीको हकमा भने गर्न हुँदैन ।

विशेषज्ञहरूका अनुसार सामान्य अक्सिजन लेभल घटेका सामान्य बिरामीलाई भने यो उपयोगी हुन्छ । यसले सामान्य बिरामीलाई अक्सिजन सिलिण्डर प्रयोग गर्न नपर्ने भएपछि ती सिलिण्डर सिकिस्तलाई उपयोग गर्न सहज हुन्छ ।

स्रोतका अनुसार वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोभिड अस्पताल बनाउन लागिएको छ । काठमाडौंको संक्रमणदरलाई ध्यानमा राखेर सम्भवतः धेरै वटा भेण्टिेलेटर र अक्सिजन कन्सन्ट्रेटर त्यहिँ प्रयोग गर्न सकिने छ ।

टिप्पणीहरू