उपस्थित २४,मतदान ६,हाजिर गरेर माननीय हराए

उपस्थित २४,मतदान ६,हाजिर गरेर माननीय हराए

हिजो संसदमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावमा २४ जना कोरोना संक्रमित माननीय संसदमा हाजिर भए पनि ६ जनाले मात्र मतदान गरेका छन् ।

६ जनाले मतदान गरेकोमा तीमध्ये २ जनाले पक्षमा,२ जनाले विपक्षमा र २ जना तटस्थ बसेको सचिवालय श्रोतले बताएको छ । कोरोना संक्रमित सांसदहरू सबै पार्टीका थिए ।

त्यसैगरी प्रधानमन्त्रीले आफ्नो पार्टीको मात्र मत पाएको देखियो । उता,माधव पक्षतिर लाग्ने घोषणा गर्नुभएका वामदेव गौतमकी श्रीमती माननीय तुलसा थापाले पनि प्रधानमन्त्रीकै पक्षमा मतदान गर्नुभएको थियो ।

जसपाका मतदान गर्न योग्य ३० जना सांसदमध्ये १५ जनाको दरले विपक्ष र तटस्थमा बसेका थिए । दुई जना संक्रमित अनुपस्थित भए । उपस्थित भएमध्ये पनि उपेन्द्र पक्षका दुई जना सांसद महन्थ ठाकुरतिर र महन्थका भनिएका दुई जना उपेन्द्रतिर लागेको पनि देखियो ।

राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्देन झापामा रहेकाले बैठकमा अनुपस्थित भएको बताइन्छ । त्यसमा पनि उहाँ कोरोना संक्रमित ।

संसदको कूल २ सय ७५ जना सांसदमध्ये माओवादीका चार जना कारबाहीमा परेपछि पद रिक्त छ । सभामुख अग्निप्रसाद सापकोटा र अन्य चार जना निलम्बित सांसद घटाउँदा मतदान गर्न योग्य सांसद संख्या २ सय ६६ हुन आउँछ । त्यसमध्ये २ सय ३२ मत मात्रै खसेको थियो ।

तर,संसदको हाजिर दुई वटा बैठकमा फरक फरक पाइएको छ । पहिलो बैठकमा २ सय ४१ जना सांसद उपस्थित थिए । दोस्रो बैठकमा हाजिरी संख्या २ सय १९ मात्र देखिएको छ । संसद सचिवालय स्रोतका अनुसार १५ मिनेटको अन्तरमा बोलाइएको दोस्रो बैठकमा थोरै सांसदले हाजिरी गरेको हुनसक्छ।

चार जना सांसदले हाजिर गरे पनि मतदान प्रक्रियामा सहभागी भएको देखिँदैन ।

टिप्पणीहरू