पोलमा ठोक्किएर ठहरै

पोलमा ठोक्किएर ठहरै

साईकल अनियन्त्रित भई पोलमा ठोकिंदा सिपाडोलमा एक बालकको ज्यान गएको छ ।

दोलखाको मेलुङ गाउँपालिका-३ घर भइ सिपाडोलमा डेरा गरि बस्ने मदन राज थापाका १० वर्षीय छोरा करुण थापाको आइतबार दिउँसो पोलमा ठोक्किएर मृत्यु भएको हो ।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित सडकमा साईकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साइकल चालक सिपाडोल बस्ने १३ वर्षीय सुरेश घतानीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू