यसरी हुनेछ संसदमा बिश्वासको मतमाथि मतदान

यसरी हुनेछ संसदमा बिश्वासको मतमाथि मतदान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरु भएको प्रतिनिधिसभाको बैठक एमालेकै एउटा खेमाको अनुपस्थितिमा बसिरहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मतको लागि औपचारिक रुपमा प्रस्ताव गरिसक्नुभएको छ ।

अबको केहीबेरमा प्रस्तावमाथि मतदान हुनेछ । संसद सचिवालयले मतदानका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । सचिवालयका अनुसार तीन वटा लबीमा मतदानको व्यवस्था गरिएको छ ।

सचिवालयले ‘हुन्छ, हुन्न र मत दिन्न’ गरी तीन ठाउँमा मतदान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । कोरोना संक्रमित सदस्यहरुका लागि संघीय संसद भवनको ल्होत्से हलमा मतदानको व्यबस्था गरिएको छ ।

अहिले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलमा भाग लिइरहनु भएको छ ।

प्रमुख दलका नेताहरुले सम्बोधन गरेपछि प्रधानमन्त्रीले जवाफ दिने र मत विभाजनको प्रक्रिया शुरु हुने कार्यसूची छ ।

टिप्पणीहरू