प्रधानमन्त्रीले भोलि बेलुका राजीनामा दिने

प्रधानमन्त्रीले भोलि बेलुका राजीनामा दिने

भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुुहुन्छ । तर,संसदको अंक गणितले उहाँलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले उहाँले राजीनामा दिने पक्का भएको हो ।

स्रोत भन्छ ‘भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ ।

यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ’ ।

“०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ।”

यता बालुवाटारमा रहेका कालो कोट लगाउनेहरूको तर्क भने यस्तो छ-“प्रधानमन्त्रीले सबैभन्दा पहिले संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त पार्टीका हैसियतमा सरकारको नेतृत्व गर्नुभयो ।

नेकपा अध्यक्ष हुनुको कारण उहाँले उपधारा (१) बमोजिम उक्त हैसियत प्राप्त गर्नुभएको हो । अदालतको आदेशपछि पनि माओवादीबाट समर्थन फिर्ता नहुँदा उहाँले करिब साढे दुई महिना संयुक्त सरकार अर्थात धारा (२) को प्रयोग गर्नुभयो ।

अब भोलिदेखि उपधारा ३ अनुसारको प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि विश्वासको मत नपाए अर्को धारामा जान प्रयास गर्नुहुनेछ । त्यतिबेलासम्म बजेट घोषणा गर्ने दिन आइसक्छ । सम्भवतः बजेट र नीति तथा कार्यक्रममा भएभरको चुनावउन्मुख लोकप्रिय कार्यक्रम सामेल गरिनेछ । त्यसपछि सरकारलाई विश्वासको मत प्राप्त नभए घोषणा भएको बजेट र लोकप्रिय कार्यक्रमलाई देखाउँदै चुनावसम्म प्रचार गर्ने रणनीति बनाइएको छ ।”

अहिले जसपाका एकथरि नेतालाई पनि संविधानको धारा ७६ (५) र (७) अन्तर्गत दाबी हुने देउवाको प्रस्तावमा समर्थन नगरिदेऊ भन्नको लागि मात्र आफ्नो पकडमा राखिएको हो । त्यसपछि मुलुक स्वतः चुनावमा जाने योजना बनाएर प्रधानमन्त्री केपी ओली अघि बढ्नुभएको बताइन्छ ।

सरकारी विश्लेषणअनुसार अहिलेको महामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क भएका हुन् ।

अहिले प्रधानमन्त्री ओली तथा उहाँको टोली लुम्बिनी मोडललाई अझ परिकृष्त ढंगले प्रयोग गर्ने धुनमा लागेको स्पष्ट छ । त्यहाँ बिहान ७ बजे राजीनामा दिँदै अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बोलाइएको हाउस अन्त्य गरेर राती मुख्यमन्त्रीको नियुक्ति र सपथ भएको थियो । शपथ गराउन प्रदेश प्रमुख मुख्यमन्त्रीको निवास पुग्नुभएको थियो ।

टिप्पणीहरू