स्वाबको पालो नआउँदै बृद्धको प्राण गयो

स्वाबको पालो नआउँदै बृद्धको प्राण गयो

केही दिनअघि ज्वरो आएर घरमै उपचार गराइरहेका एक बृद्धको स्वाब दिने लाइनमा उभिएकै समयमा ज्यान गएको छ ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना परीक्षणको लागि स्वाब दिन पालो कुरेर बसेका स्थानीय ५९ वर्षीय पुरुषको हिजो दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार उनी ज्वरो आएका कारण घरमै सामान्य उपचार गराउँदै आएकोमा ज्वरो बढेपछि अस्पताल आएका थिए ।

अस्पतालमा स्वाब दिन आउनेको संख्या बढी भएको र मृतकमा अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू