आज ५० जनाको ज्यान गयो, संक्रमित ९ हजार २ सयको नजिक

आज ५० जनाको ज्यान गयो, संक्रमित ९ हजार २ सयको नजिक

कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ५० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा ९ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएको उल्लेख छ ।

१९ हजार ९ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ तथा ४ सय ९५ जनाको एन्टिजेन परीक्षणबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसबीचमा नेपालमा संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

टिप्पणीहरू