राष्ट्रियसभाको माननीय बन्न तीन जना इच्छुक

राष्ट्रियसभाको माननीय बन्न तीन जना इच्छुक

बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज बागमती प्रदेशको निर्वाचन आयोगमा डा.खिमलाल देवकोटा,रामबहादुर थापा ( बादल ) ले मनोनयन दर्ता गराएका हुन् ।

माओवादी,कांग्रेस,जसपा र एमालेको माधव-खनाल खेमाका तर्फबाट देवकोटा,एमालेबाट बादल तथा नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रोतका अनुसार देवकोटालाई बाग्मती प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल प्रस्तावक तथा प्रदेशसभा सदस्य राधा घले समर्थक थिए । त्यस्तै,गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलका प्रस्तावक मुख्यमन्त्री डोरमणि पौडेल हुन् ।

बादललाई सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको समर्थन रहेको छ भने तामाङका प्रस्तावक प्रदेशसभा सदस्य समर्थक सुरेन्द्रराज गोसाई तथा समर्थक सिर्जना सैजु हुन् । श्रोतका अनुसार खिमलाल देवकोटा राष्ट्रियसभा सदस्य बन्न सक्ने सम्भावना उच्च छ ।

टिप्पणीहरू