लक्डाउनको बेला माछा मार्न खोज्दा आफैँ मारिए

लक्डाउनको बेला माछा मार्न खोज्दा आफैँ मारिए

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले जनाएअनुसार कैलालीको गौरीगंगा नगरपालिका–९,मसुरिया बस्ने २७ वर्षीय जंगबहादुर चौधरीको माछा मार्ने क्रममा करेन्ट लाग्दा बिहीबार दिउँसो मृत्यु भएको हो ।

नगरपालिकाको वडा नं. ११, चुट्की,टिकापुरस्थित लिक्मा नदीमा विद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सौगात मेडिकल बडैपुरमा मृत्यु भएको हो ।

उनीसँगै माछा मार्न गएका अन्य ५ जनालाई भने प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू