डाक्टर भन्छन् ‘ह्विस्की खाऊ, कोरोना भगाऊ’

डाक्टर भन्छन् ‘ह्विस्की खाऊ, कोरोना भगाऊ’

कोरोना महामारीले सबैलाई त्रसित तुल्याएको छ । कोरोनाविरुद्धको अचुक औषधी फेला नपारिएको हालको अवस्थामा विश्वभर विभिन्न खालका दाबी आउन थालेका छन् ।

त्यहि क्रममा जर्मनीको सारल्याण्ड युनिभर्सिटी अस्पतालमा इन्स्टिच्युट फर भाइरोलोजीका प्रमुख डाक्टर जुर्गेन रिस्ल्यान्डले ह्विस्कीले कोभिड १९ को संक्रमणबाट बचाउन सक्ने अचम्मको दाबी गरेका छन् ।

उता,विश्व स्वास्थ्य संगठनले कुनै पनि किसिमको मदिरा सेवनबाट कोरोना भाइरस संक्रमण रोक्न नसकिने भन्दै आएको छ । स्वास्थ्य संगठनले मदिरा सेवनले संक्रमितको स्वास्थ्य जोखिमयुक्त हुनुको साथै शरिरलाई थप कमजोर बनाउने बताएको छ ।

जनस्वास्थ्यविद् रिस्ल्यान्डको भनाइले विश्व स्वास्थ्य संगठनको उक्त भनाईलाई उडाइदिएको छ । स्थानीय टेलिभिजन कार्यक्रम ‘ह्विस्की मेडिसिन’ मा सोधिएको जिज्ञासाको बारेमा उनले भने ‘अवश्य यो सत्य हो तर १५ मिनेटमा कसैले निको बनाउने भन्ने हुँदैन । डाक्टरको सल्लाहबमोजिम सेवन गर्नुपर्छ ।’

उनको भनाईको पक्ष र विपक्षमा पश्चिमा सञ्चारमाध्यममा निकै चर्चा परिचर्चा भइरहेको छ ।

टिप्पणीहरू