कोरोना फैलिए विश्वासको मत बेवारिस

कोरोना फैलिए विश्वासको मत बेवारिस

विश्वासको मत माग्दै आफ्नै दैलोमा पुगेका प्रधानमन्त्रीलाई नो भनेर फर्काएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस वैकल्पिक सरकार गठनका लागि भएका छलफलले आकार नलिएको निष्कर्षमा पुगेको छ । अस्ति प्रधानमन्त्री ओलीलाई बिदाई गरेलगत्तै भएको आन्तरिक छलफलमा सभापति शेरबहादुर देउवाले नेताहरुलाई यस्तो निष्कर्ष सुनाउनुभएको हो ।

सरकार गठनमा विपक्षी गठवन्धनका दलहरुसँग भएका छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गर्दै देउवाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने आधार अझै तयार नभएको निष्कर्ष सुनाउनुभएको काँग्रेस उच्च स्रोतले बतायो ।

आफ्नै नेतृत्वमा सरकार बनाउन सभापति देउवाले खुट्टा कमाएको नेताहरुले आशंका गरेपछि आक्रोशित बन्नुभएका देउवाले सरकार गठनको आधार के हो भन्दै उल्टै प्रश्न गर्नुभएको बताइन्छ ।

प्रधानमन्त्री हुन मलाई चाहिँ इच्छा छैन र रु मधेसवादी दलको हालत के छ रु यस्तो अवस्थामा म किन चम्केर हिंड्ने रुु,देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । देउवाले एमालेको माधव नेपाल समूह निर्णायक बनेर आएको र उनीहरुले गर्ने निर्णयले नै सत्ता समीकरणको छिनोफानो गर्ने पनि बताउनुभएको थियो ।

नेपाल समूहका सांसदहरुले राजीनामा नदिएसम्म नयाँ सरकार बन्ने आधार नदेखिएकाले आफू अघि नसरेको देउवाको आशय थियो । कि त माधव नेपाल समूहको ठूलो हिस्साले राजीनामा दिएर सरकार गिर्नुपर्यो । नत्र म अगाडि बढेर सरकार बन्ने स्थिति कहाँ छ रु के छ ग्यारेन्टी ? त्यसै प्रम हुन्छु भनेर हुन्छ ?, देउवाको भनाइ जस्ताको त्यस्तै स्रोतले भन्यो ।

अनौपचारिक बैठकमा नेताहरुले विश्वासको मत नपाउने अवस्थामा ओलीले अधिवेशन अन्त्य गर्न सक्ने आशंका पनि गरेका थिए । आफूपक्षीय धेरै सांसदलाई कोभिड देखियो भनेर मतदानको प्रक्रिया शुरु नहुँदै संसद अन्त्य गर्न सक्ने आशंका गर्दै नेताहरुले देउवालाई सचेत रहन भनेका थिए ।

यो नियमित अधिवेशन होइन, बिशेष अधिवेशन हो । आफैंलाई ब्याक फायरु हुने देखिए मतदानमा नपुग्दै उनले संसद बैठक स्थगित गर्न सक्छन् । हामी सचेत हुनुपर्छु,नेताहरुले भनेका थिए ।

यसवीच संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण,नरमाया ढकाल,रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी छन् । एमाले नेता झलनाथ खनाल,मन्त्री लेखराज भट्ट,टोपबहादुर रायमाझी,मणि थापा,भानुभक्त ढकाल र साँसद सरिता न्यौपानेलाई पनि कोरोनाले सताएको छ ।

टिप्पणीहरू