डाक्टर र अक्सिजनसहितको होटल आइसोलेशन

डाक्टर र अक्सिजनसहितको होटल आइसोलेशन

एल्लो प्यागोडा होटलमा आइसोलेशन निर्माण भएको छ ।

काठमाण्डौको जमलस्थित उक्त होटलमा डाक्टर एशोसिएसनको समन्वयसहित कोरोना महामारीलाई लक्षित गर्दै १ सय बेड सहितको आइसोलेशन वार्ड बनाइएको हो ।

बैशाख १६ गतेदेखि सञ्चालनमा आएको उक्त आइसोलेशनमा उपचारका लागि डाक्टर तथा अक्सिजनको समेत ब्यवस्था गरिएको छ ।

हिजो मंगलबार आइसोलेशनमा ४७ जना संक्रमित भर्ना भएको बताईएको छ । होटलको आइसोलेशनमा उपचार गर्न प्रति ब्यक्ति दैनिक ५ हजार रुपैयाँ शुल्क लाग्ने डाक्टर अर्जुन चन्दले बताए ।

होटलको आइसोलेसन चाहिएमा चन्दको फोन ९८५१२०६६४४ मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

टिप्पणीहरू