अन्तत: माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

अन्तत: माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताको निर्णय गरेको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयो । उहाँले भोलि बिहानै समर्थन फिर्ताको पत्र बुझाउने बताउनुभयो । ‘आज औपचारिक निर्णय भएको छ । भोलि फस्ट आओरमा पत्र पठाएर जानकारी दिन्छौँ’, उहाँले भन्नुभयो ।

सरकारलाई दिएको समर्थन कायमै राख्दा आलोचना खेपिरहेको माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते विश्वासको मत लिने तयारी गरेपछि समर्थन फिर्ताको निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले पुन: संसद विघटन गर्ने भन्दै बाध्यात्मक अवस्थामा समर्थन कायम राख्नुपरेको माओवादीको जिकिर थियो ।

नेता पोखरेलले विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयलाई संसद विघटन गर्ने षड्यन्त्र भन्नुभएको छ । ‘२७ गतेको सन्दर्भमा षड्यन्तमूलक छ भन्ने हाम्रो बुझाइ हो । हामी त्यस्तो षड्यन्त्र रोक्ने प्रयास गर्छौँ’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू