काेराेना राेक्न सवारी ठप्प,५ घण्टा बजार खुला

काेराेना राेक्न सवारी ठप्प,५ घण्टा बजार खुला

उदयपुरमा आइतबार ३ महिला र ६ पुरुषसहित ९ जनामा कोरोना देखिएपछि काेराेना संक्रमितकाे संख्या ३७ पुगेको छ । कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरुमध्येबाट चेकजाँच क्रममा यी संक्रमित भेटिएका हुन् ।

दिनैपिच्छे संक्रमितको संख्या बढेपछि उदयपुरको डिसिसिएमसी बैठकले आइतबारदेखि राति ८ बजेदेखि लागू हुने गरी गाइघाट,कटारी, बेल्टार,रामपुर,घुर्मी, मुर्कुचीलगायतका बजार र सहरी क्षेत्रमा ३ र चारपाङ्ग्रे सवारी राेक लगाएको छ भने पसलहरू बिहान १० बजेदेखि ३ बजेसम्म मात्र खाेल्न पाउने निर्णय गरेको छ । यसअघि नै शैक्षिक संस्था, ब्युटिपार्लर र सैलुन भने बन्द गरिसकेको छ ।

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका ४/४ जना, चौदण्डीगढी नगरपालिकाका १ जना भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।

उनीहरू त्रियुगा नगरपालिका वडा नं. ६ का २५ र ५४ वर्षीय पुरुष,वडा नं. १० का ३० र ३७ वर्षीय महिला र रौतामाई गाउँपालिका वडा नं. ५ का ५१ वर्षीय महिलासहित २८,३५ र ६१ वर्षीय पुरुष रहेका छन् । र, चौदण्डीगढी नगरपालिका वडा नं. ९ का ४२ वर्षीय पुरुष हुन् ।

यसले गर्दा उदयपुरमा कोरोना संक्रमितको संख्या १२ महिला सहित ३७ पुगेकाे छ भने अहिलेसम्म १ जना महिलाको मृत्यु भएको छ , २ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

टिप्पणीहरू