कोरोनाबाट पछिल्लो २४ घण्टामा १९ को मृत्यु, ५ हजार ७ सय बढी संक्रमित

कोरोनाबाट पछिल्लो २४ घण्टामा १९ को मृत्यु, ५ हजार ७ सय बढी संक्रमित

तीब्र गतिमा बढिरहेको कोरोना महामारीका कारण पछिल्लो २४ घण्टामा १९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपअनुसार उक्त अवधिमा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार यसबीचमा गरिएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणमा ५ हजार ७ सय ६ तथा ५ सय ६६ एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज १ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

टिप्पणीहरू