श्रमिक दिवसमा खाना र मास्क वितरण

श्रमिक दिवसमा खाना र मास्क वितरण

गत वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई कोरोना महामारीले सीमित घेरामा पुर्याइदिएको छ । १ सय ३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई राष्ट्रिय महिला अधिकार मञ्चले आभार प्रकट गरेको हो ।

मञ्चले दिवसको अवसर पारेर मजदुरहरूको श्रमको सम्मान गर्दै कोभिडको कारण काम बन्द भएर समस्यामा परेका मजदुरहरूलाई खाना खुवाएको छ । सरकारले मजदुरको हितमा काम नगरेसम्म मजदुर र श्रम दिवस दुबैको अर्थ नरहेको भन्दै मञ्चले प्रहरी तथा दोस्रो चरणको निषेधाज्ञापछि काम खोसिएका श्रमिकहरूलाई सहयोग गरेको जनाएको छ ।

प्रहरी मेरो साथी भन्ने नाराका साथ कोभिडको समयमा खटिएका प्रहरीको मनोबल बढाउने उद्देश्यले संस्थाले हौसला स्वरुप सोह्रखुट्टे सामुदायिक प्रहरी र ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण गरेको छ । प्रहरी जवानहरूले आफ्नो परिवारबाट टाढा रहेर भए पनि महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएको जनाउँदै आफू जोखिममा रहेर समेत सुरक्षा प्रदान गरेकोमा मञ्चले आभार प्रकट गरेको जनाइएको छ ।

मञ्चको संयोजनमा श्रमिकहरूलाई खाना खुवाउने कार्यक्रममा ब्लोदन नेपालका आरबी ठकुरी, बसन्तपुर मञ्चका अध्यक्ष नीरु श्रेष्ठ, सदस्य सालु शाक्य तथा भोजराज घिमिरेले विशेष सहयोग गरेका थिए ।

टिप्पणीहरू