आगलागीबाट धनमाल भष्म

आगलागीबाट धनमाल भष्म

गुल्मीमा चट्याङ पर्दा लागेको आगोले घर गोठ जलाएको छ ।

कालिगण्डकी गाउँपालिका–४, भाङखर्कस्थित टिकाराम तिवारीको घर र गोठमा चट्याङबाट बिहीबार साँझ आगलागी भएको प्रहरीले बताएको छ ।

घर र गोठमा लागेको आगोमा नगद ६० हजार रुपैयाँ, लत्ताकपडा, भाडावर्तनलगायतका सामान जलेर नष्ट भएको बताइएको छ ।

आगलागीबाट करिब १४ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

टिप्पणीहरू