हिजो खोजी खोजी गिरफ्तारी,आज (मनमौजी) सलामी र सवारी !

हिजो खोजी खोजी गिरफ्तारी,आज (मनमौजी) सलामी र सवारी !

यो तस्बिरमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले नयाँ मन्त्री दिपक मनाङ्गेलाई जय नेपालको सलाम हानेकोे देखिन्छ ।

मनाङ्गेलाई काठमाडौं प्रहरीले कुनैबेला व्यापक खोजी गरेको बेला त्यो टोलीमा यिनै अर्यालसमेत थिए । अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख बनेका उनी मनाङ्गेको खोजी गरिएको बेला काठमाडौं खोजीकर्ता थिए ।’

त्यतिबेलै दिपकले भनेका थिए ‘जसरी हामी गुण्डा प्रहरीसँग डराउँछौं,प्रहरी पनि नेतासँग त्यसैगरी डराउँछन् ।’अब उनी पदीय हिसाबले त्यहि प्रहरीका सबै खाले हाकिमको सलाम खाने स्थानमा पुगेका छन् ।

पटक पटक आफैँले जोखिम मोलेर पक्रिएका गुण्डा नाइकेलाई सलाम गर्नुपर्दा प्रहरी संगठनभित्रको मनोदशा के हुने होला ?

हुन तः यसअघि पनि सर्वाधिक खोजी सूचीमा रहेका धेरै जनाले मन्त्री पद पड्काएपछि प्रहरीलाई त्यस्तै बाध्यता आइपरेको थियो । धन्न अहिले संघीय मन्त्रीमण्डलमा नभएर प्रदेशमा उनी सीमित छन् ।

टिप्पणीहरू