निषेधाज्ञामा गाउँपालिका अध्यक्षको निधन

निषेधाज्ञामा गाउँपालिका अध्यक्षको निधन

पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको गए राती निधन भएको छ ।

केही दिनदेखि रुघाखोकी र ज्वरो आएकाले घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको आज बिहान साढे दुई बजे निधन भएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत अमितकुमार चौरसियाले बताएका छन् ।

सामान्य ज्वरो तथा रुघाखोकीबाट ग्रस्त अध्यक्षमा कोरोना संक्रमण भने पुष्टि नभएको बताइएको छ । पर्सामा पनि हिजोदेखि निषेधाज्ञा लागू गरिएको छ । मृतक अध्यक्षको आजै दिउँसो दाहसंस्कार गरिने चौरसियाले बताएका छन् । उनका ३ छोरा र ४ छोरी छन् ।

उनी तत्कालीन संघीय समाजवादी तथा हालकाे जनता समाजवादी दलबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू