भारतीय नागरिकको शव टेकुमा अलपत्र, सरकार गुहार्दै अस्पताल

भारतीय नागरिकको शव टेकुमा अलपत्र, सरकार गुहार्दै अस्पताल

कोरोनाका कारण ज्यान गुमाएका एक जना भारतीय नागरिकको शव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकुमा अलपत्र परेको छ । बैशाख ७ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएका ३८ वर्षीय सुनिल साहको १४ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मृत्यु भएको दुई दिन बितिसक्दा पनि शव नउठेपछि अस्पतालले शव व्यवस्थापन गरिदिन हारगुहार गरेको हो ।

आज बिहानसम्म उक्त अस्पतालको आईसीयुमा २२ तथा आइसोलेशनमा ३८ जना गरी ६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १९ महिला तथा १४ जना पुरुष रहेको थाहा लागेको छ ।

आज बिहान मात्र अस्पतालमा ४ जना नयाँ संक्रमित भर्ना भएका छन् । भर्ना भएकाहरुमा ५० वर्षका नेत्रनाथ पौडेल,२९ वर्षका विकास राना,३२ वर्षका भविन्द्र घिमिरे तथा ४० वर्षकी अप्सरा कार्की रहेको अस्पताल प्रशासनले जनाएको छ ।

टिप्पणीहरू