साँसद हराएपछि सरकार तत्काललाई सुरक्षित

साँसद हराएपछि सरकार तत्काललाई सुरक्षित

अविश्वास प्रस्तावमाथि मतदान हुनुअगावै गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

आफ्नो एकजना माननीय हराएको भन्दै राष्ट्रिय जनमोर्चाको तर्फबाट सचेतक पियारी थापाले निवेदन पेश गरेपछि सभाभुखले बैठक स्थगित गरिदिनुभएको हो ।

हराएका माननीयको स्थिति र अवस्था पहिचान नभएसम्म प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित गरिएको सभामुखले सूचना टाँसेपछि राजनीतिक कोर्स रोकिएको छ ।

गण्डकीमा अविश्वास प्रस्ताव पारित गर्न ३१ मत आवश्यक पर्छ । ३१ जना सांसद पुगेको विपक्षी गठबन्धनबाट एकजना अनुपस्थित हुनेबित्तिक्कै अविश्वास प्रस्तावको पक्षमा ३० मत मात्रै हुने अवस्था देखा परेको थियो

जनमोर्चाका खिमविक्रम शाहीलाई सत्तापक्षका केही सांसदले अस्पताल पुर्याएको बताइन्छ । शाहीको सहमतिमा सत्ता पक्षका सांसदले अविश्वास प्रस्ताव छल्न अस्पताल पुर्याएको स्रोतको दाबी छ ।

प्रदेशसभा बैठक स्थगनको सूचना जारीलगत्तै शाहीका स्वकीय सचिवले माननीय सुरक्षित रहेको जानकारी गराएका थिए । शाहीको मोबाइल अहिलेसम्म अफ भएपनि माननीय आफूसँग सुरक्षित रहेको भन्दै कसैलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

टिप्पणीहरू