रुपन्देहीमा निषेधाज्ञाको तयारी : महेन्द्र राजमार्ग भने खुल्ला रहने

रुपन्देहीमा निषेधाज्ञाको तयारी : महेन्द्र राजमार्ग भने खुल्ला रहने

बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा भइरहँदा रुपन्देही जिल्लामा पनि लकडाउनको तयारी भइरहेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञा गर्ने बिषयमा स्थानीय तह र ब्यवसायीहरुसँग छलफल भइरहेको बताएका छन् ।

तामाङले कोरोना महामारीको न्युनिकरण गर्ने विकल्प नै लकडाउन रहेको भन्दै बैसाख १६ गते राति १२ बजेदेखि लागु हुनेगरी बैसाख २९ गतेसम्म कडा लकडाउन गरिने बताएका हुन् । जनआस्थासँग कुरा गर्दै तामाङले लकडाउन भएपनि महेन्द्रराजमार्ग भने सञ्चालनमा आउने तर अन्य ठाउँमा कडाई गरिने बताए ।

हाल रुपन्देहीका कोरोना विशेष अस्पतालमा संक्रमितको संख्या दिन प्रति दिन बढेको बताएका उनले बेड अभाव हुन नदिन अस्पतालहरुमा बेड थप गर्ने कार्य तिब्र रुपमा अगाडि बढाईएको बताए । देश भरका कोभिड बिशेष अस्पतालमा अक्सिजनको कमि भएको बताएपनि रुपन्देहीमा भने अक्सिजन अभाव छैन उनले भने ।

हाल जिल्लाका ३ वटा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरिएको र उक्त अक्सिजन कोभिड अस्पतालमा प्रयाप्त रुपमा वितरण गरिएको तामाङ बताउँछन् ।

भारतसँग करिब ६९ दशमलव ९ किलोमिटर सिमाना जोडिएको बताउँदै उनले नेपाल प्रवेश गर्नेहरुलाई नेपाल प्रहरी र सशत्र प्रहरीको सहयोगमा होल्डीङ सेन्टरमा राखिने बताएका छन् । लकडाउनको समयावधिमा अत्यावसेक सेवा बाहेकका सपुर्ण सेवा पुर्णरुपमा बन्द गरिने उनको भनाई छ ।

यसअघि रुपन्देहीका ४ सय होटेलहरुले महामारी न्युनिकरण गर्न भन्दै होटेलमा क्वारेन्टाइन बनाउन तयार भएको तामाङको भनाई छ ।

टिप्पणीहरू