कोरोनाले अदालतलाई पनि छाडेन

कोरोनाले अदालतलाई पनि छाडेन

कोरोना संक्रमणको दोस्रो लहरले सर्वत्र आक्रान्त बनाउने क्रममा ललितपुर जिल्ला अदालतलाई पनि लपेटेको छ ।
त्यहाँका दुई जना अधिकृत र एक जना नायब सुब्बामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

सरकारले संक्रमण रोकथामको लागि अधिक संक्रमित देखिएको जिल्ला,नगर र गाउँमा निषेधाज्ञाको आदेश जारी गर्न थालेको छ । यहि क्रममा पर्सिदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ ।

टिप्पणीहरू