अब कस्ता सवारी चलाउन र पसल खोल्न पाइने ? के केमा रोक लाग्ने ?

अब कस्ता सवारी चलाउन र पसल खोल्न पाइने ? के केमा रोक लाग्ने ?

काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आगामी बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउनुका साथै विभिन्न पेशा व्यवसायमा रोक लगाएको छ । अत्यावश्यक केहीमा भने समय तोकेर छुट दिइएको छ ।

खाद्य,औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य सबै पसल व्यवसाय हाललाई बन्द गर्ने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ सार्वजनिक गरेको आदेशमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म काठमाडौं जिल्लाभर ठप्प हुने बताइएको छ ।
त्यसैगरी सबै प्रकारका सभा सम्मेलन,भेला,सेमिनार,तालिम, गोष्ठी,सिनेमा हल,पार्टी प्यालेस, स्वीमिङ पुल,सपिङ मल, मनोरञ्जनस्थल,सैलुन,व्युटी पार्लर,जीमखाना,समूहमा खेलिने खेलकुद,पुस्तकालय,संग्रहालय, चिडियाना आदि सञ्चालनमा रोक लगाइएको छ ।

तर,जिल्ला प्रशासनको अनुमति लिएर बिबाह,ब्रतबन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनाले स्वास्थ्य प्रोटोकल पालना गरी सहभागी हुन पाइने छ ।

आदेशमा भनिएको छ ‘डिपार्टमेन्टल स्टोरतर्फ ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने ।’

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन,बिरामी तथा कुरुवा गरी बढीमा दुई जना बोकेका एम्बुलेन्स,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकले प्रयोग गर्ने सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

खाद्य,औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य सबै पसल व्यवसाय हाललाई बन्द गर्ने भनिएको छ । खाद्य पसलहरू भने बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खुल्ला रहनेछन् ।
आदेशमा भनिएको छ ‘डिपार्टमेन्टल स्टोरतर्फ ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने ।’

अत्यावश्यकबाहेक अन्य सबै सार्वजनिक सेवा हाललाई बन्द गर्ने भनिएको आदेशमा नेपाल सरकारका कर्मचारी,बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने छ ।

 

टिप्पणीहरू