मास्क नलगाउनेलाई सडकमै घेराबन्दी

मास्क नलगाउनेलाई सडकमै घेराबन्दी

नेपाल प्रहरीले कोरोनाको बिगबिगीमा समेत मास्क नलगाई बाहिर निस्केकालाई ठाउँको ठाउँ कारबाही शुरु गरेको छ । संक्रमण तीब्र गतिमा फैलिइरहेको सन्दर्भमा राजधानी काठमाडौंमा दुई दिनपछि निषेधाज्ञा लगाउने तयारी प्रशासनले गरिरहँदा प्रहरीले सचेतना बढाउने भन्दै मास्क नलगाई हिँड्नेलाई पक्रेर स्थलगत कारबाही थालेको हो ।

आज दिउँसो कालिमाटीको मूल सडकमा १ सय २५ जना पुरुष र १२ जना महिलालाई त्यस्तो कारबाही गरिएको थियो । उनीहरूलाई सचेत गराउँदै मुखमा मास्क अनिवार्य गर्न केही बेर गोलाकारभित्र उभ्याइएको थियो । उनीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने प्लेकार्ड समेत बोक्न लगाइएको थियो ।

टिप्पणीहरू