मास्क नलगाउनेलाई कान समातेर सडकमै उठबस

मास्क नलगाउनेलाई कान समातेर सडकमै उठबस

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ । ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनयसहित अरुसामु पोखे ।

आज महानगरीय प्रहरी परिसर काठमाडौँले मास्क नलगाउने १ हजार ३ सय २५ जनालाई पक्रेर सचेत गराएको छ । बढ्दो कोरोना संक्रमण रोकथामका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्नेमा जोड दिँदै परिसरका प्रवक्ता प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले मास्क नलगाई हिँड्नेहरुलाई सम्झाई बुझाइ गरिएको बताउनुभयो ।

महामारी रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै मास्क नलगाई हिँडेका ३ सय २२ जना महिला तथा १ हजार ३ जना पुरुष गरी जम्मा १३ सय २५ जनालाई सम्झाई बुझाई गरेर पठाएको उहाँले बताउनुभयो ।

टिप्पणीहरू