नेपालबाट मकाउ पुगेका पाँच जनामा कोरोना

नेपालबाट मकाउ पुगेका पाँच जनामा कोरोना

नेपालबाट हिजो मकाउ पुगेका १० जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार मकाउ पुगेका सबै हवाइ यात्रुको तत्काल गरिएको परीक्षणबाट पाँच जनामा कोरोना संक्रमण परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । स्थानीय न्यू कोरोना भाइरस कन्टिन्जेन्सी कोअर्डिनेशन सेन्टरका अनुसार तीमध्ये एकमा देखिएको पोजिटिभको सामान्य असरलाई उनमा पछि सरेको अनुमान गरिएको छ । अन्य चार जना भने पहिले नै संक्रमित भएको आशंका गरिएको छ ।

नेपालबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले मात्र हवाई यात्रा गर्न पाउने नियम छ । तर नेपालको परीक्षण रिपोर्ट लिएर विदेश पुगेकामध्ये केहीमा देखिने गरेको यस्तो नकारात्मक रिपोर्टले हाम्रा ल्याब तथा स्वास्थ्य केन्द्रहरूको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठेको छ ।

गत साता स्वाब संकलन नगरी पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट दिएको प्रमाणसहित काठमाडौंको सूर्या हेल्थ डाइग्नोष्टिकमा प्रहरीले छापा मारेको थियो । संक्रमितहरु सबै नेपाली हुन् ।

 

 

टिप्पणीहरू