बैँकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैँकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी बेनीघाट, रोराङ्ग गाउँपालिका–५ धादिङ,बस्ने ४५ वर्षीय ध्रुवप्रसाद कँडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको फैसलाले बैंकिङ्ग कसुर मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि उनी फरार भएका थिए । सजाय बेरुजु रही फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नक्सालबाट पक्राउ गरेको हो ।

कँडेलले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पनि झुक्याएर राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय,गजुरीको खाताबाट भुक्तान हुने गरी पीडितलाई १२ लाख ५० हजार रुपैयाँ बराबरको चेक दिएकोमा बैंकिङ्ग कसुरजन्य अपराध गरेको ठहर गरी उनीविरुद्ध उक्त सजाय र जरिवानाको फैसला भएको थियो ।

फैसला कार्यान्वयनको लागि ध्रुवलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू