‘कोरोनाको कारण औषधीको काम बन्द’

‘कोरोनाको कारण औषधीको काम बन्द’

कोरोनाको दोस्रो लहर सरकारी अड्डातिर घुसेको छ । केही सातादेखि काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको औषधी व्यवस्था विभागका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै विभागबाट सम्पादन हुने प्रायः सबै काम स्थगित भएको छ ।

बबरमहलमा रहेको औषधी व्यवस्था विभागका दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्ना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङमा परेका विभागका महानिर्देशक भरत भट्टराईसहित ८ जना बढी कर्मचारी होम आइसोलेसनमा बसेका छन् । विभागका अनुसार कोरोना संक्रमित कर्मचारीहरुको कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीहरुको पीसीआर परिक्षणपछि सोको रिपोर्टका आधारमा मात्र कर्मचारीहरु कार्यालयमा हाजिर हुनेछन् ।

विभाग बन्द भएसँगै उसले त्यहाँबाट सम्पादन हुँदै आएका नवीकरणबाहेक सबै काम स्थगित गरेको जनाएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले भने, नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने भन्दै सबैलाई सचेत रहन र स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नसमेत निर्देश गरेको छ ।

टिप्पणीहरू