सल्कियो कोरोनाको काल, एकैदिन १४ जनाको मृत्यु

सल्कियो कोरोनाको काल, एकैदिन १४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट शनिबार एकैदिन १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप दुई हजार ४८६ जना संक्रमित थपिएका छन् । मन्त्रालयले जारी गरेको सिटरिपमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितमध्ये एक हजार ६ महिला र एक हजार ४८० पुरुष छन् ।

त्यस्तै, गत २४ घण्टामा ४१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १२२ पुगेको छ ।

पछिल्लो केहीदिन यता संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । एकैदिन १४ संक्रमितको मृत्यु कोरोनाको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा धेरै हो ।

टिप्पणीहरू