सुतिरहेकी बालिका बलात्कारी पक्राउ

सुतिरहेकी बालिका बलात्कारी पक्राउ

आफ्नै घरमा सुतिरहेकी एक बालिकालाई जवर्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-३ शिवालय टोलका २५ वर्षीय दिलिप श्रेष्ठले आफ्नै घरमा सुतिरहेकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तारुकाबाट खटिएको प्रहरीले समातेको हो ।

त्यसैगरी,बिबाहको प्रलोभनमा पारेर जवर्जस्ती गर्ने अर्का एकजना पनि पक्राउ परेका छन् । बर्दिया नगरपालिका-३ भक्तिपुरका २४ वर्षीय सुनिलकुमार थारुले सोहि ठाउँ बस्ने २१ वर्षीया महिलालाई विवाह गर्छु भनेर जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार राति प्रहरीले समातेको हो ।

थारुलाई मैनापोखरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

टिप्पणीहरू