अब पुल तर्दा पैसा नलाग्ने !

अब पुल तर्दा पैसा नलाग्ने !

बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शु:ल्क नलाग्ने भएको छ । पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० रुपैयाँ शु:ल्क उठाउने निर्णयको चौतर्फी आलोचना भएपछि बाग्लुङ नगरपालिकाले निर्णय सच्याएको हो ।

पर्यटकका लागि मात्र कर उठाउने निर्णय भएकोमा जनस्तरमा गलत बुझाइ गएको बताउँदै नगरपालिकाका मेयर जनकराज पौडेलले कर उठाउने कार्य स्थगन गरिएको बताए । बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत कर उठाउने कार्य रोकिएको मेयर पौडेलको भनाई छ ।

यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने प्रतियात्रु २० रुपैयाँ लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० तथा विदेशी पर्यटकलाई ५० तोकिएको थियो । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दालाई भने शु:ल्क नलाग्ने निर्णय गरिएको थियो ।

बागलुङ–१ बाङ्गेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले दावी गर्दै आएको छ । उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ ।

टिप्पणीहरू