भारतमा कोरोनाले राख्यो दुःखद कीर्तिमान, नयाँ दिल्ली घाट व्यवस्थापकको गला अवरुद्ध

भारतमा कोरोनाले राख्यो दुःखद कीर्तिमान, नयाँ दिल्ली घाट व्यवस्थापकको गला अवरुद्ध

भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिने गरी मृत्यु हुनेको संख्या बढेको छ । कोभिड–१९ महामारीको दोस्रो लहरमा लपेटिएको भारत यस पटक जोगिन निकै गाह्रो हुँदै गएको समाचार प्राप्त भएका छन् ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७ हजार ६१ जना संक्रमितको मृत्यु भएको जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार १ सय ७० संक्रमित पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेसँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

झण्डै एक वर्षको बीचमा १ लाख ८० हजार ५ सय ३० जना संक्रमितको ज्यान गएको छ । १ अर्ब ३० करोड हाराहारीको जनसंख्या रहेको भारतमा अहिले २० लाख ३१ हजार ९ सय ७७ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म भारतमा १२ करोड ७१ लाख २९ हजार १ सय १३ जनालाई मात्रै कोरोनाविरुद्धको खोप दिइएको छ ।

यता, दिनहुँ मृतक संख्या बढेपछि एउटा दाहसंस्कारस्थलका घाट व्यवस्थापकले हृदयविदारक दृश्य उल्लेख गर्दै गला अवरुद्ध बनाएका छन् । उनले भनेका छन् ‘पहिलेको महामारीमा यो घाटमा सबैभन्दा धेरै लाश सद्गत गरिएको संख्या भनेकै ९ सय ६६ थियो । तर अहिले दिनहुँ बढि रहेको छ । सबैभन्दा दुःखद् भनेको निधन भएका किशोर, किशोरी र बालबालिकाको संख्या ह्वात्तै बढेको छ । ती युवा उमेरमा प्रवेश गर्न लागेका किशोर किशोरीको मृत शरिर देखेपछि हामी सबैलाई गाह्रो हुने गरेको छ ।’

उनले भने ‘हिजो जलाउन ल्याइएकी एउटी महिला २६ वर्षकी थिइन् । साथमा उनको सानो मृतक छोरा समेत थियो । मैले अहिलेसम्म दिल्ली जस्तो शहरमा यस्तो महामारी र मान्छेको मृत्यु देखेको थिइनँ ।’

https://www.facebook.com/100055615313003/videos/250605343469974/

टिप्पणीहरू