सरकारले संसद फेस गर्न सकेन : नेता सिंह

सरकारले संसद फेस गर्न सकेन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको बताउनुभएको छ ।

प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा सम्मानका लागि आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिक,संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पारदर्शी चुनाव गराउनका लागि कांग्रेस नेतृत्वको सरकार चाहिने र चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट प्राप्त भएपनि कम्युुनिष्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकोले हठात अधिवेशन अन्त्य गरेको बताउँदै संसद स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।

टिप्पणीहरू