म्याक्स ओ’डोडको शतकीय पारीमा, मलेसियाको कमजोर शुरुवात

म्याक्स ओ’डोडको शतकीय पारीमा, मलेसियाको कमजोर शुरुवात

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी त्रिकोणत्मक टी–२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १ सय ९२ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १ सय ३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।

 

ओपनिङ ब्याटिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १ सय २ रन बनाउँदै शतक पूरा गरेका छन् । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरेका छन् । म्याक्स ओ’डोडले इनिङ्सभर ब्याटिङ गर्दै अविजित १ सय ३३ रन बनाए । जसका लागि उनले ७३ बल खेल्दै १५ चौका र ६ छकका प्रहार गरे । उनले ९६ रन बाउन्ड्रीबाट मात्रै जोडेका थिए । १ सय ९२ रनको विशाल लक्ष्य पाएको मलेसियाले जवाफी ब्याटिङ्ग गर्दै छ । १२ ओभरको खेल सकिँदा मलेसियाले जम्मा १०१ रन जोडेर ५ विकेट गुमाउँदै कमजोर सुरुवात गरेको हो ।

टिप्पणीहरू