ब्राउन सुगर सहित एक युवक पक्राउ

ब्राउन सुगर सहित एक युवक पक्राउ

प्रतिबन्धित लागु औषध ब्राउन सुगर काराेबार गरेकाे अभियाेगमा एक युवकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपाकिा वडा न. ११ का ३० बर्षीय गोकर्ण कार्की हुन । कार्कीबाट ब्राउन सुगर १० मिलिग्राम, नोक १ थान , सिम काट्ने मिसिन १ थान , विभिन्न कम्पनीको मोबाईल १० थान, तौल नाप्ने डिजिटल मेसिन १ थान , मेमरी कार्ड १ थान फेला पारिएको प्रहरीले जनाइएको छ ।

यस्तै सिसाको चपप्लेट थान , ब्लेट , ५ को डढेको नोट , बिभिन्न कम्पनीको सिमकार्ड समेत उनको साथबाट बरामद गरेको छ ।

कार्कीलाई थप अनुसन्धानका प्रहरी हिरासतमा राखेर थप केरकार सुरू गरिएको छ ।

टिप्पणीहरू