हुरीबतासको कारण बत्तिसपुतलीमा गाडीमाथि फलामको रड खस्यो (भिडियो)

हुरीबतासको कारण बत्तिसपुतलीमा गाडीमाथि फलामको रड खस्यो (भिडियो)

भर्खरै काठमाडौं उपत्यकामा आएको ठूलो हुरीबतासको कारण बत्तिसपुतलीमा एउटा कारमाथि रड बज्रिएको छ । घरमाथिबाट उडाएर ल्याएको उक्त रड सडकमा पार्किङ गरिराखेको कारमाथि सोझै भालाझैँ रोपिएको छ ।

निकै मोटो रड गाडीको छत छेडेर भित्रैसम्म पसेको छ । पार्किङमा राखिएको कार भएकाले सम्भवतः भित्र चालक तथा अन्य यात्रु नभएको बताइएको छ ।

घटनाबारे प्रहरीले आवश्यक छानबीन गरिरहेको बताइएको छ ।

भिडियो

https://www.facebook.com/Janaasthanews/videos/454417205670649

टिप्पणीहरू