कोरोना लागे बल्ल एक हप्ता स्कूल बन्द

कोरोना लागे बल्ल एक हप्ता स्कूल बन्द

काठमाडौँ महानगरपालिकाले विद्यालय संचालनका लागि दुई वटा मापदण्ड लागू गर्ने भएको छ ।शिक्षा विभागको हिजोको बैठकले यस्तो निर्णय गरेको हो।

कुनै विद्यालयका शिक्षक,विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्मका लागि कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन अनुरोध छ’,

निर्णयबारे जानकारी दिँदै शिक्षा अधिकारी रामप्रसाद सुवेदीले कोरोना भाइरसको संक्रमण बढ्दै गरेको अवस्थामा कुनै विद्यालयका शिक्षक,विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द हुने बताएका छन् ।

‘महानगरपालिका प्रमुखस्तरको २०७८/१/२ को निर्णयअनुसार कोभिड-१९ संक्रमणको बढ्दोक्रम देखिएकाले कुनै विद्यालयका शिक्षक,विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्मका लागि कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन अनुरोध छ’, विज्ञप्ति जारी गर्दै सुवेदीले भनेका छन् ।

त्यस्तै,संक्रमित नदेखिएका विद्यालयहरुले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकसमेतको सहमतिमा विद्यालय संचालन गर्नुपर्ने बैठकको निर्णय छ ।

विज्ञप्तिमा विद्यालय संचालन गर्दा सामजिक दूरी कायम गर्ने,मास्क अनिवार्य प्रयोग गर्ने,साबुन पानीले हात धुने,सेनिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ् पालना गरी अभिभावकसमेतको सहमति लिनुपर्ने उल्लेख छ ।

टिप्पणीहरू