भारतीय पाहुना सुटुक्क आए, सुटुक्क भेटे,सुटुक्कै फर्के

भारतीय पाहुना सुटुक्क आए, सुटुक्क भेटे,सुटुक्कै फर्के

घोडेजात्राको दिन काठमाडौंमा उत्रिएका भारतीय जनता पार्टीका एकजना सांसदले जनता समाजवादी पार्टीका महन्थ ठाकुरसँग बातचित गरेर चैत मसान्तका दिन नयाँ दिल्ली फर्केका छन् ।

आइतबार दिउँसो एअर इण्डियाको उडानबाट नेपाल आएका भारतीय जनता पार्टी,उत्तर प्रदेश, कानपुरका सांसद देवेन्द्र सिंह भोलेले ठाकुरलाई आफू बसेको होटल र्याडिसनमा भेटेका थिए ।

स्रोतका अनुसार पासपोर्ट नम्बर डी (कूटनीतिक) ११३६७५३ बोकेका सिंहले ठाकुरसँग मंगलबार बिहान सवा ११ बजेदेखि झण्डै १२ बजेसम्म भेटेर कुराकानी गरेका थिए ।

ठाकुरसँगको भेटलगत्तै भोले बा.२० च २५२ नं को सेतो स्कोर्पियोमा सवा १ बजे होटलबाट निस्केर सोझै विमानस्थल गएको बताइन्छ ।

यौटै जिल्ला सर्लाहीका पूर्व चेला अमरेशकुमार सिंह निकट स्रोतका अनुसार,भोले र ठाकुरबीचको वार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

टिप्पणीहरू